Tuesday, April 16, 2024

चीनले २ किलोमिटर सीमा मिच्यो, सरकारको मौनता राष्ट्रघात : कांग्रेस

काठमाडौं : असोज २८, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको र यस बिषयमा सरकारी मौनता राष्ट्रघात भएको दाबी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएको बताएका छन् । त्यस्तै उनले नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय रहेको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको फेला पारेको भन्दै कांग्रेसले अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेको छ ।

दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सिमा मिचिएको छैन’ भनी परराष्ट्र मन्त्रालय बोल्नु र सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु लज्जास्पद र आपत्तिजनक विषय भएको कांग्रेसले बताएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार