काठमाडौँ — चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप मंगलबार नेपाल आइपुगेको छ । चीनबाट पठाइएको ८ लाख डोज भेरोसेल खोप नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए, त्यसमध्ये ८ लाख मात्रा मंगलबार नेपाल आइपुगेको हो । चिनियाँ सरकारले नेपाली दूतावासलाई हस्तान्तरण गरेको उक्त खोप दूतावासले नेपाल एयरलाइन्सको विमानमा नेपाल पठाएको हो ।
प्रकाशित : जेष्ठ १८, २०७८ १६:३८