नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुग्यो

311

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाए अनुसार सोमबार सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेका कोरोना संक्रमितहरूको शवसहित २१४ जना कोरोना मृतक थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५ हजार २१५ पुगेको हो।

२४ घण्टामा देशभर ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

यस्तै २४ घण्टामा ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । क्वारेन्टाइनमा ७०८ जना छन् ।

प्रकाशित : जेष्ठ ३, २०७८ १७:२५