Friday, March 29, 2024

सूर्य चिह्न हाम्रो हो, अरू कसैको हुँदैन : नेता बस्नेत

पुस २२, २०७७

म्याग्दी — नेकपाको ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुन:स्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गरेछ भने पनि काँग्रेससँग सहकार्य गरी सरकार बनाइने तर दाहाल–नेपाल समूहसँग एकता सम्भव नरहेको उनले बताए ।

‘अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुन: एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन,’ राष्ट्रिय युवा संघ नेपालले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन । सूर्य हाम्रो हो, नभए कसैको पनि हुँदैन ।’

दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको बस्नेत बताए ।

‘संविधान, ऐन–कानुन बाझिएको अवस्थामा सर्वोच्च अदालतले यसअघि गरेका फैसलाहरू स्वत: नजिरका रूपमा प्रभावकारी बन्ने हुँदा प्रधानमन्त्री ओलीको ताजा जनादेशमा जाने इच्छालाई सर्वोच्च अदालतले रोक्दैन,’ उनले भने ।

दाहालले वामदेव गौतममार्फत पार्टी एकता गरी सत्ताका लागि बार्गेनिङ गरिरहेको आरोपसमेत बस्नेतले लगाए ।

प्रकाशित : पुस २२, २०७७ ११:०७

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार