Friday, April 19, 2024

बुटवलको कोरोना अस्पतालबाट भागे बिरामी

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना भएका एक जना बिरामी भागेका छन् ।

पुस ८ गते कोरोना पोजेटिभ देखिएका बुटवल १३ का ५५ वर्षीय पुरुष आइतबार बिहान शौचालय गएर नफर्किएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

‘अक्सिजन नलगाइकन औषधि उपचार भइरहेको थियो,’ उनले भने, ‘बिरामीले घर जाने भनी शनिबार साँझदेखि नै भनिरहनु भएको थियो ।’ आइतबार परिवारका सदस्य बोलाइ सल्लाह गर्ने भनिएको भन्दै उनले बिहान ६ नबज्दै शौच गर्न गएका बिरामी भागेको बताए ।

बिरामीले शनिबार साँझ आफूलाई अस्पतालबाट घर लैजान भनेको उनकी श्रीमतीले बताइन् । ‘शरीरदेखि धेरै रगत निकालेका छन् भन्नुभएको थियो,’ उनले भनिन्, ‘आईसीयूको बिरामी एक्लै बाहिरको शौचालय कसरी जान सक्छ ?’ आइतबार बिहान आफूले बिरामीसँग सम्पर्क गर्न खोज्दा बिरामीको मोबाइल बन्द रहेको उनले बताइन् ।

अस्पताल प्रशासनका अनुसार ती बिरामीको खोजी भइरहेको छ ।

प्रकाशित : पुस १२, २०७७ १०:५९

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार