Friday, April 26, 2024

राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

पुस ७, २०७७

काठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ । 

नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।

सत्तारुढ नेकपामा विवाद बढ्दा अघिल्लोपटक सक्रियता देखाउने गरेकी राजदूत यान्छी यसपटको विवादमा भेटघाटमा सक्रिय थिइनन् ।

प्रकाशित : पुस ७, २०७७ १९:०५

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार