Wednesday, April 24, 2024

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वान

पुस ७, २०७७

संवाददाता

काठमाडौँ — विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध आन्दोलनमा उत्रन आह्वान गरेका छन् । काठमाडौंमा मंगलबार बसेको ९ विद्यार्थी संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा जनता कोरोनाबाट छटपटिइरहँदा उनीहरूको जीवनरक्षाको दायित्वप्रति उदासीनता देखाउँदै सिंगो राष्ट्रलाई दुर्घटनातर्फ धकेल्ने कदमले व्यवस्थाप्रति नै वितृष्णा जगाउने उल्लेख छ । संविधानको रक्षाका लागि सबै विद्यार्थी संगठनबीच सहकार्य गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले संयुक्त आन्दोलनमा क्रियाशील अखिल क्रान्तिकारीका नेता–कार्यकर्तालाई गैरकानुनी थुनामा राखिएको भन्दै उनीहरूलाई तत्काल रिहा गर्न माग पनि गरेको छ ।

बैठकमा नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनीष मिश्र, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठलगायत सहभागी थिए ।

प्रकाशित : पुस ७, २०७७ १३:२३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार