Saturday, April 20, 2024

बहुमत समूहलाई साथ दिने थापाको संकेत

पुस ६, २०७७

काठमाडौँ — पार्टीको आन्तरिक विवादमा दूवै समूहको तानातानमा परेका गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले बहुमतपक्षलाई साथ दिने संकेत गरेका छन् । सोमबार निकट नेताहरुको भेलामा नेता थापाले अन्तिम निर्णय भने दुवै अध्यक्षसँग छलफलपछि मात्रै लिने बताएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ।

भेलामा आफूहरुले गैरसंवैधानिक कदमको पक्षमा नउभिन थापलाई सुझाव दिएको नेकपा नेता देव गुरुङले बताए । तर, थापाले भने अहिले दूवैतर्फ नलाग्ने र दुवै अध्यक्षसँग संवादपछि अन्तिम निर्णय लिने बताएको नेता गुरुङले बताए ।

भेलामा सहभागी एक केन्द्रीय सदस्यले थापाले सुझावको सम्मान गरेर निर्णय गर्ने बताएका थिए । भेलामा उपस्थित सबैजसो सदस्यले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएकोले त्यसको विरोधमा उत्रिनुपर्ने सुझाव दिएका थिए । गम्भीर राजनीतिक घटनाक्रम देखा परेकाले यसमा बीचमा बस्न नहुने नेताहरुको थापालाई सुझाव थियो ।

त्यसैअनुसार थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेका छन् । पुल्चोकस्थित मन्त्री निवास पुगेर अध्यक्ष दाहालले थापासँग भेट गरेका थिए । गैरसंवैधानिक कदमको विपक्षमा उत्रिन दाहालले गरेको आग्रहमा थापाले यसबारे निकट नेताहरुसँग पनि परामर्श गरेको र उपयुक्त समयमा निर्णय लिने बताएका थिए ।

प्रकाशित : पुस ६, २०७७ १३:५६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार