Wednesday, April 24, 2024

ओलीको संसद् विघटनको प्रस्तावमा मेरो विरोध वा समर्थन केही छैन : वामदेव गौतम

पुस ५, २०७७

काठमाडौँ — सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमले संसद् विघटनको सरकारको कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताएका छन् । 

कान्तिपुरसँगको छोटो प्रक्रियामा नेता गौतमले भने, ‘संसद् विघटनको सरकारको यो कदममा न मेरो समर्थन छ, न मेरो विरोध छ । नो कमेन्ट ।’

आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको थियो । सोही सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय पुगेका थिए ।

सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

प्रकाशित : पुस ५, २०७७ ११:५७

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार