Thursday, April 18, 2024

दाहाललाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली

छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार पुगेका छन्  ।

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकारको फेसबुकबाट

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली दाहाललाई भेट्न उनकै निवासमा पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खुमलटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको जानकारी दिएका छन् । तर अध्यक्षद्वयबीच के विषयमा छलफल भयो भन्नेचाहिँ उनले केही खुलाएका छैनन् ।

छलफलमा उपाध्यक्ष वामदेव गाैतम पनि सहभागी छन् । गाैतम ढिलाेगरी बाेलाइएका हुन् । उनी हिजाे पेरिसडाँडाकाे दाहाल-नेपाल पक्षको भेलामा सहभागी थिएनन् । उनी हिजाे पेरिसडाँडाकाे दाहाल-नेपाल पक्षको भेलामा सहभागी थिएनन् ।

प्रधानमन्त्री ओली आउने भएपछि खुमलटार क्षेत्रमा सुरक्षाकर्मी अलर्टमा राखिएको थियो । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला ओली दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार मात्रै दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवास गएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए ।

गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको हो । पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका हुन् ।

कोटेश्वर भेलापछि दाहालले साँझ प्रधानमन्त्री ओलीलाई भेटेका थिए । छलफलमा स्थायी कमिटीको निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भए पनि कुनै ठोस सहमति भने भएको छैन । ओलीले अझै पनि दुवै दस्ताबेज फिर्ता लिएर साझा सहमतिको दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव गरिरहेका छन् ।

प्रकाशित : पुस ४, २०७७ ११:४२

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार