Friday, March 29, 2024

स्वास्थ्य सामग्री खरिद प्रक्रियासम्मत नभएको लेखा समितिको ठहर, थप अनुसन्धान र कारबाहीका लागि अख्तियार पठाउने निर्णय

पुस ३, २०७७

काठमाडौँ — स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने सार्वजनिक लेखा समितिले निर्णय गरेको छ । खरिद पक्रिया नियमसंगत नभएको टुंगोमा समिति पुगेको समितिका सचिव रोजनाथ पाण्डेले बताए । 

‘खरिद प्रक्रिया नियमसंगत नभएको र यसमा संलग्न पदाधिकारीलाई करार गर्ने अवस्था सिजृना भएकाले यसको थप छानविन गरेर दोषी पत्ता लगाउने र कारबाही पनि गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय समितिले गरेको छ,’ सचिव पाण्डेले भने ।

प्रकाशित : पुस ३, २०७७ १५:०३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार